आदिवासी जनजाति महासंघ युएई २५५५ औ बुद्ध जयन्तिको तयारिमा शान्तिका अग्रदूत भगवान बुद्धको जन्म दिन, बुद्धत्व प्राप्त गरेको दिन र बुद्धले महापरिनिर्वान प्राप्त गरेको दिन विश्व भरका बौद्धधर्मावलम्बीहरु तथा नेपालका बौद्धधर्मावलम्बीहरु बुद्ध जयन्तिको रुपमा हर्सोल्लासका साथ मनाउने तयारीमा लागिरहेको बेला युएईमा पनि नेपाली आदिवासी जनजाति महासंघ युएई २५५५ औ बुद्ध जयन्तिको तयारिमा जुटेको छ ।
कतारमा श्रेय रौनियार पहिलो एमआरपी वाहक नेपाल सरकार केन्द्रीय राहदानी कार्यालय नारायणहिटीबाट वितरण गरिंदै आएको मेसीन रिडेवल पासपोर्ट कतारमा पनि विश्व मजदुर दिवसको अवसर पारेर कतारको नेपाली दुतावास कार्यालयमा कतारका लागि नेपाली राजदुत महामहिम डा.सूर्यनाथ मिश्रबाट प्रदान गरिएको छ ।
विश्व नेपाली साहित्य महासंघले विश्वव्यापी रुपमा खुल्ला अडियो कविता प्रतियोगिताको आयोजना गर्ने विश्व नेपाली साहित्य महासंघले आयोजना गर्ने भनेको विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिताको पहिलो चरण यहि बैशाख महिना भित्र गर्ने भएको छ ।
आँधीखोला उर्लेर आयो यूएईको मम्जार पार्कमा स्याङ्गजाको आँधीखोला कसरी उर्लेर आयो यूएईमा ! सुन्दा अचम्म लाग्न सक्छ तर खोला उर्लेर आएको होईन स्याङ्गजाबासीहरुले लिएर यूएई आएका हुन् । गत शुक्रवार अपि्रल २९, २०११ का दिन दुबई र शारजाहको सीमानामा पर्ने अति रमणीय स्थल मम्जार पार्कमा स्याङ्गजा सहयोग समाज यूएईले आयोजना गरेको वनभोज कार्यक्रममा आँधीखोला उर्लेर आयो आउँने थिईन मायाँले बोलायो वोलको गित अन्तिम सम्म घन्कीरहयो ।
No comments:
Post a Comment