Wednesday, February 1, 2012

ब्राजिलको समुद्री किनारमा केबल दुब्लापातला वा स्लिम महिलामात्र जाँदैनन् । भिमकाय सरीर भएका मोटा महिलाहरुले बिचको मज्जा उत्तिकै लुटिरहेका हुन्छन् । ठूला साइजका बिकिनीको उत्पादन सुरु भएपछि मोटा महिलाहरुलाई समुद्री किनारमा अंग प्रदर्शन गर्दै मस्ती गर्न निकै सजिलो भएको छ ।
पहिलेपहिले मोटा महिलाहरुका लागि मिल्ने साइजका बिकिनी बनेका थिएनन् फलस्वरुप उनीहरु टिसर्ट लगाएरै जाने गर्थे । बिकिनीको अभावमा समुद्री किनारामा गएर पनि सरीर छोप्नुपर्ने बाध्यता भएपछि धेरै मोटीहरु सामुदि्रक मस्तीप्रति खासै रुची राख्दैनथे । तर जब सन् २०१० देखि ब्राजिलमा मोटा महिलाहरुलाई लक्षित गर्दै ठूला आकारका ब्रा को उत्पादन सुरु भयो तब मोटीहरु एकाएक हौसिए । अब उनीहरु पनि बिकिनीमा सजिएर सामुदि्रक किनारमा जिउ देखाउँदै मस्ती गर्न सक्ने अवस्थामा पुगेका छन् ।
फेरिँदो जिवनशैलीका कारण महिलाहरुमा मोटोपन बढ्दै गएपछि आजभोलि ब्राजिलको बजारमा ठूलो बिकिनीको माग उ्रच्च बन्दै गएको बताइन्छ । मोटी महिलाहरु भन्छन्, ‘आखिर सबै महिलाहरुको सरीर मोडेलको जस्तो त हुँदैन नी, त्यसैले ठूलो बिकिनी धेरै बनाउनैपर्छ ।’

No comments:

Post a Comment