पुष्पराज जोशी, डोटी, वैशाख २१ - कैलालीको धनगढीबाट अछामको साँफेबगरतर्फ गैरहेको ना ४ ख ४०१८ नम्बरको यात्रुबाहक बस डोटीको काँडामाण्डौ गाविस २ चौखुट्टेमा आज बिहान दुर्घटना हुँदा १६ जनाको घटना स्थलमै मृत्यु भएको छ। भने २२ जना घाइते भएका छन्। मृत्यु हुनेमा बस चालक कैलाली मालाखेतीका विरबहादुर विष्ट, सह चालक बझाङ देउराका विरु रावल, यात्रु अछाम मार्कुका डम्मर बोगटी रहेका छन् भने अन्यको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। घाईते मध्ये १३ जनालाई उपचारका लागि जिल्ला अस्पताल डोटीमा पुर्याएको छ भने ४ जनालाई अन्यत्र उपचारका लागि लैजाने तयारी भैरहेको छ। अन्य सामान्य घाइतेको घटनास्थलमै उपचार भैरहेको छ। बस सडकबाट झण्डै ३ सय मिटर तल खसेको उद्धारमा खटिएका प्रहरी निरीक्षक कृष्णराज ओझाले जानकारी दिए। दुर्घटनास्थल निकै भिरालो भएका कारण उद्धार कार्यमा कठिनाई भैरहेको प्रहरी निरीक्षक ओझाले बताए। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।
No comments:
Post a Comment